सेयर बजारमा ५ अंकको गिरावट

काठमाण्डु टुडे २०७८ मंसिर २३ गते १६:१२ मा प्रकाशित

काठमाण्डु, २३ मंसिर–  साताको पाँचौँ कारोबार दिन बिहीबार सेयर बजार सामान्य अंकले घटेको छ । नेप्से परिसूचक ५ दशमलव ८४ अंकले घटेर दुई हजार ४४९ दशमलव ९७ बिन्दुमा पुगेर कारोबार बन्द भएको हो ।

२३१ कम्पनीको ६२ लाख २३ हजार ७२१ कित्ता सेयर खरिद-बिक्री हुँदा कुल दुई अर्ब ६७ करोड ३३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सबैभन्दा धेरै कारोबार गर्नेमा हिमालयन डिस्टिलरी कम्पनी छ । कम्पनीले ८८ करोड ५५ लाख रुपैयाँको कारोबार गरेको छ ।

बिहीबार ७२ वटा कम्पनीको सेयर मूल्य बढ्दा १०६ वटा कम्पनीको सेयर मुल्य घटेको छ भने बाँकी १२ वटा कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएको छैन ।

बिहीबार कारोबारमा आएका होटल तथा पर्यटन, अन्य र म्यूचल फण्ड समूहका सूचक मात्र हरियो देखिएका छन् । यिनीहरूमा पनि शून्य दशमलव ६ देखि शून्य दशमलव ६४ अंकले उकालो लागेका छन् । बाँकी सबै समूहका सूचक शून्य दशमलव एक प्रतिशतदेखि शून्य दशमलव ७६ प्रतिशतसम्मको ओरालो लागेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us