माओवादीको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु

काठमाण्डु टुडे २०७८ मंसिर २३ गते १३:२८ मा प्रकाशित

काठमाण्डु, २३ मंसिर– नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । ११ बजेका लागि तय भएको बैठक दुई घण्टा ढिलागरी १ बजे मात्रै सुरु भएको हो । आजको बैठकले आगामी ११–१३ पुसमा तय भएको राष्ट्रिय सम्मेलनको तयारीबारे छलफल गर्नेछ ।

साथै दुई दिनपछि (मंसिर २५) मा हुने प्रदेश सम्मेलनका बारेमा समेत छलफल गर्ने स्थायी कमिटी सदस्य गणेश शाहले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us