सुनचाँदीको भाउ स्थिर

काठमाण्डु टुडे २०७८ मंसिर २३ गते १०:५२ मा प्रकाशित

काठमाण्डु, २३ मंसिर– साताको पाँचौं दिन बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएकोमा बिहीबार पनि स्थिर रहेर सोही मूल्य नै कायम भएको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य पनि स्थिर छ । जसअनुसार चाँदीको मूल्य आज पनि प्रतितोला एक हजार २०० रुपैयाँ कायम भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us