५०० ले बढ्यो सुनको मूल्य

काठमाण्डु टुडे २०७८ मंसिर २२ गते ११:२१ मा प्रकाशित

काठमाण्डु, २२ मंसिर– बुधबार (आज) नेपाली बजारमा सुनको मूल्य ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्य तोक्दै सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको जानकारी दिएको हो । मूल्य बढेसँगै छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रुपैयाँ पुगेको छ ।  यस्तै, छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ८०० रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ ।

सुनको मूल्य बढेको दिन आज चाँदीको मूल्य पनि उकालो लागेको छ । तोलामा १० रुपैयाँले बढेसँगै चाँदीको प्रतितोला मूल्य आज १२ सय रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us