साताको पहिलो दिनमै नेप्से ७२ अंकको भारी गिरावट

काठमाण्डु टुडे २०७८ मंसिर १९ गते १५:२४ मा प्रकाशित

काठमाण्डु, १९ मंसिर– साताको पहिलो कारोबार दिन आइतबार पुँजीबजार मापक परिसूचक ुनेप्सेु ७२।३० अंकले घटेर २५१३।८९ विन्दुमा ओर्लिएको छ।

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सर्वजनिक भएयता निरन्तर ओरालो लागिरहेको सेयर बजारमा आज पनि उच्च अंकको गिरावट आएको हो। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज चार अर्ब नौ करोड सात लाख ६५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।

 

आज कारोबारमा आएका २२६ कम्पनीका ८९ लाख २० हजार ८९४ कित्ता सेयर किनबेच भएका छन्। यस दिन ठूला कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १४.१५ अंकले घटेर ४७३.३७ विन्दुमा ओर्लिएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us