आइतबार उकालो सुनको मल्य

काठमाण्डु टुडे २०७८ मंसिर १९ गते ११:३५ मा प्रकाशित

काठमाण्डु, १९ मंसिर– साताको पहिलो दिन आज आइतबार सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्य तोक्दै सुनको मूल्य बढेको जानकारी दिएको हो ।

आज छापावाल सुनको मूल्य ९२ हजार रुपैयाँ पुगेको छ । यस्तै, तेजाबी सुनको मूल्य ९१ हजार ५०० रुपैयाँ कायम भएको छ । गतसाताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९० हजार ८०० रुपैयाँ कायम थियो ।

आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढ्दै प्रतितोला १२ सय रुपैयाँ पुगेको छ । गत साताको शुक्रबार चाँदीको प्रतितोला मूल्य ११ सय ९० रुपैयाँ थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us