माओवादी निकट प्रेस सेन्टरको अधिवेसन सुरु

काठमाण्डु टुडे २०७८ मंसिर १८ गते १३:४१ मा प्रकाशित

काठमाण्डु, १८ मंसिर–  नेकपा माओवादी केन्द्र निकट पत्रकारहरूको संगठन नेपाल प्रेस सेन्टरको चौथो राष्ट्रिय महाधिवेसन सुरु भएको छ ।

चितवनमा आजबाट सुरु भएको महाधिवेसनको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका छन् । चौथो महाधिवेसनले अध्यक्षसहित पदाधिकारी चयन गर्नेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us