सुनको मूल्य तोलामा २०० ले घट्यो

काठमाण्डु टुडे २०७८ मंसिर १७ गते ११:१८ मा प्रकाशित

काठमाण्डु, १७ मंसिर– नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य घटेको छ । बिहीबार छापावाल सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम भएकोमा शुक्रबार २०० रुपैयाँले घटेर प्रतितोला ९१ हजार ३०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

शुक्रबार छापावाल सुनप्रति १० ग्राम ७८ हजार २७५ रुपैयाँ कायम भएको भएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९० हजार ८०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७७ हजार ८४५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

शुक्रबार चाँदीको मूल्य प्रतितोला एक हजार १९० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि चाँदीको मुल्य सोही कायम भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us