भारतमा दुई जनामा देखियो कोरोनाको ओमिक्रोन भेरियन्ट

काठमाण्डु टुडे २०७८ मंसिर १६ गते १७:३० मा प्रकाशित

काठमाण्डु, १६ मंसिर– छिमेकी मुलुक भारतमा पनि कोभिड– १९ को नयाँ भेरियन्ट ओमिक्रोनका दुई जना संक्रमित फेला परेका छन् ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका सहसचिव लभ अगरवालले कर्नाटकमा २ जना ओमिक्रोनका संक्रमित फेला परेको बताएका हुन् । ओमिक्रोन भेरियन्ट २६ मुलुकमा फैलिएको छ । ६६ वर्ष र ४० वर्षका दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us