अस्पतालबाट प्रधानन्यायाधीशको जवाफ– डिस्चार्ज भएपछि बसेर कुरा गरौंला

काठमाण्डु टुडे २०७८ मंसिर १६ गते १४:२० मा प्रकाशित

काठमाण्डु, १६ मंसिर– प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले न्यायाधीशलाई आफू अस्पतालबाट डिस्चार्ज भएपछि छलफल गर्ने जवाफ दिएका छन्।

प्रधानन्यायाधीश राणा कोरोना संक्रमणपछि अस्पताल भर्ना भएसँगै सर्वोच्च अदालतमा मुद्दाको पेसी नै नतोकिने स्थिति आएको भन्दै न्यायाधीशहरु बिहीबार छलफलमा बसेका थिए।

छलफलकै क्रममा न्यायाधीश हरिकृष्ण कार्कीले प्रधानन्यायाधीशलाई फोन गरेका थिए। कार्कीसँगको फोनमा राणाले आफू भोलि अस्पतालबाट डिस्चार्ज भएर आउने र त्यसपछि ुबसेर कुरा गरौुं भन्ने जवाफ दिएका थिए।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us