हेलिकप्टरबाट बिरामीको उद्धार सेवा बढाउँदै नर्भिक हस्पिटल

काठमाण्डु टुडे २०७८ मंसिर १६ गते १४:०२ मा प्रकाशित

काठमाण्डु, १६ मंसिर– थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले हेलिकप्टरबाट बिरामीको उद्धार (हेलि रेस्क्यू) सेवा वृद्धि गरेको छ । विशेषज्ञ चिकित्सक र अनुभवी स्वास्थ्यकर्मीहरूको टीम र भेन्टिलेटर तथा अत्याधुनिक उपकरणसहितको हेलिकप्टरबाट बिरामीहरूको उद्धार (रेस्क्यू) सेवा सुरु गरेको हो ।

पछिल्लो समय स्वदेशी र विदेशी बिरामीहरूको रोजाइमा नर्भिकको हेली रेस्क्यू सेवा पर्न थालेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिएका छन् । नर्भिकले आफ्नो अस्पतालका लागि मात्र नभई बिरामीहरूको आवश्यकताअनुसार अरू अस्पतालका लागि पनि हेली रेस्क्यूको सेवा प्रवाह गरिरहेको उनले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us