
काठमाण्डु, १६ मंसिर– नेपाली बजारमा आज (बिहीबार) सुन भाउ स्थिर रहेको छ । छापावाल सुन आज प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुन ९१ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, तेजाबी सुन आज ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन ९१ हजार रूपैयाँमा नै कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य १० रूपैयाँले घटेको छ । आज चाँदी १ हजार १ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।