३१६ जनामा कोरोना संक्रमण पुष्टि, तीनको मृत्यु

काठमाण्डु टुडे २०७८ मंसिर १५ गते १७:२६ मा प्रकाशित

काठमाण्डु, १५ मंसिर– नेपालमा थप ३१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ३१६ जना संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा १२ हजार ७२७ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। १० हजार ९१९ जनाको पिसिआर परीक्षण र १८०८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

नेपालमा हाल ६ हजार ९५४ जना सक्रिय संक्रमित छन्। यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ३ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ५२९ पुगेको छ। २५९ जना निको समेत भएको मन्त्रालयले जनाएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us