
काठमाण्डु, १५ मंसिर– नेप्सेमा झिनो अंकले सुधार आएको छ । अघिल्लो दिन झण्डै दुई अंकले घटेको नेप्से साताको चौथो कारोबार दिन आज भने पाँच दशमलव २८ अंकले बढेर २६ सय ३३ दशमलव ६५ अंकमा पुगेको छ ।
त्यसैगरी सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ८९ अंकले बढेर चार सय ९६ दशमलव ७४ अंकमा पुगेको छ । दुई सय २३ वटा कम्पनीहरुको ३७ हजार पाँच सय ८५ पटकको कारोबारमा ५३ लाख १० हजार दुई सय १५ कित्ता सेयर खरिद बिक्री भएकाछन् । जसबाट कुल कारोबार रकम दुई अर्ब ७४ करोड २० लाख ८५ हजार सात सय चार रुपैयाँ पुगेको छ ।
१३ वटा समूहको कारोबार भएकोमा आज नौ वटा समूहको सूचक बढेर चार वटा समूहको सूचक घटेकाछन् । सो मध्ये वाणिज्य बैंक समूहको सूचक एक दशमलव ६५ अंकले बढेर १७ सय ६३ दशमलव दुई अंकमा जलविद्युत समूहको सूचक पनि सात दशमलव चार अंकले बढेर तीन हजार २४ दशमलव ७६ अंकमा चढेको छ ।