काठमाण्डु, १५ मंसिर– नेकपा एमालेका नेता भीम रावलले पार्टीलाई सिद्धान्त, विधि पद्धति र राष्ट्रिय हितअनुकूलको बाटोमा हिँडाउन आफूले अन्तिमसम्म प्रयास गरेको बताएका छन् ।
उनले बुधबार ट्वीट गर्दै आफूले १० औं महाधिवेशनमा अध्यक्ष पदमा दिएको उम्मेदवारीबारे बताएका हुन्।
‘एमाले पार्टीलाई सिद्धान्त, विधि, पद्धति र राष्ट्रिय हित अनुकूलको बाटोमा हिडाउन मैले अन्तिमसम्म प्रयास गर्ने अठोट गरे अनुसार महाधिवेशनमा आवाज उठाउनुका साथै अध्यक्ष पदमा उम्मेदवारी दिएको हुँ।मलाई साथ,समर्थन, सहयोग, मत र उत्साह दिने सबैलाई हार्दिक धन्यवाद दिदै कृतज्ञता प्रकट गर्दछु।’ उनले उल्लेख गरेका छन्।
उनले आफूलाई सहयोग गर्नेहरूलाई धन्यबादसमेत दिएका छन्। रावलले चितवनमा भएको एमालेको दसौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिएर केपी शर्मा ओलीसँग पराजित भएका थिए।
अध्यक्षमा ओलीले १८४० मत ल्याउँदा रावलले २२३ मत मात्रै ल्याएका थिए।