
काठमाण्डु, १५ मंसिर– नेपाल राष्ट्र बैङ्कले विभिन्न कोषमा रहेको एक अर्ब १० करोड रुपियाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । एक वर्षका लागि राष्ट्र बैङ्कले वाणिज्य बैङ्क, विकास बैङ्क र फाइनान्स कम्पनीमा सो रकम जम्मा गर्न लागेको हो ।
कुुल रकममध्ये वाणिज्य बैङ्कमा ८८ करोड ६१ लाख, राष्ट्रियस्तरका विकास बैङ्कमा १६ करोड ६१ लाख र राष्ट्रियस्तरका वित्त कम्पनीमा पाँच करोड ५३ लाख रुपियाँ राष्ट्र बैङ्कले छुट्याएको छ । राष्ट्र बैङ्कले २०७८ मङ्सिर २९ देखि २०७९ मङ्सिर २९ गतेसम्म ३६६ दिन अवधिका लागि मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।