उदयपुरको सभापतिमा देउवा पक्षीय कार्की विजयी

काठमाण्डु टुडे २०७८ मंसिर १४ गते १०:२५ मा प्रकाशित

उदयपुर, १४ मंसिर– नेपाली काँग्रेसको उदयपुर जिल्ला सभापतिमा हिमाल कार्की निर्वाचित भएका छन् । दुई सदस्यबाहेक अरु सबै पदाधिकारीमा कार्की प्यानल विजयी भएको छ । कार्कीले ६७६ तथा उनका प्रतिद्वन्द्वी निवर्तमान सभापति विदुर बस्नेतले ५८९ मत प्राप्त गरे ।
कार्की सभापति शेरहादुर देउवा निकट हुन भने बस्नेत वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष मानिन्छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us