आइतबार बढ्यो सुनको मूल्य

काठमाण्डु टुडे २०७८ मंसिर १२ गते १७:०५ मा प्रकाशित

काठमाण्डु, १२ मंसिर– साताको पहिलो दिन आज आइतबार सुन २ सय रूपैयाँले बढेको छ । छापावाल सुन आज प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुन ९१ हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि २ सय रुपैयाँले नै बढेको छ । तेजाबी सुन आज ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन ९१ हजार ४ सय रूपैयाँमा कारोबार भएको थियो ।

यता चाँदीको मूल्य १५ रूपैयाँले घटेको छ । आज चाँदी १ हजार २ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी हिजो १ हजार २ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us