
काठमाण्डु, १२ मंसिर– नेप्से आज एकैदिन ८० दशमलव २९ अंकले घटेर २६ सय ५१ दशमलव ४९ अंकमा पुगेको छ, भने सेन्सिटिभ इन्डेक्स पनि १४ दशमलव १९ अंकले घटेर पाँच सय एक दशमलव ४५ अंकले घटेको छ । दुई सय ३४ वटा कम्पनीहरुको ७० हजार आठ सय ४२ पटकको कारोबारमा करोड १९ लाख तीन हजार दुई सय दुई कित्ता सेयर खरिद विक्री हुँदा कुल कारोबार रकम पाँच अर्ब ८३ करोड ५१ लाख ३५ हजार ५५ रुपैयाँ पुगेको छ ।
१३ वटा समूहको कारोबार भएकोमा आज सबै समूहको सूचक घटेर नेप्से पुरै रातो भएको छ । सो मध्ये वाणिज्य बैंक समूहको सूचक ३४ दशमलव ९७ अंकले घटेर १७ सय ७८ दशमलव ८२ अंकमा पुुगेको छ भने निर्जिवन बिमा समूहको सूचक पनि तीन सय ८५ दशमलव ९४ अंकले घटेर ११ हजार सात सय ४२ दशमलव ४८ अंकमा पुगेको छ ।
यसैगरी जीवन बिमा समूहको सूचक पनि पाँच सय ३८ दशमलव तीन अंकले घटेर १४ हजार एक सय ५८ दशमलव ९१ अंकमा झरेको छ । यि बाहेक विकास बैंक, जलविद्युत फाईनान्स, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त, सामुहिक लगानी कोष र लगानी समूहहरुको सूचक पनि उच्च अंकले घटेका छन् ।
नेप्सेमा आज आईसीएफसी फाईनान्सको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ७८ प्रतिशतले बढेर नौ सय ३२ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुंदा हिमालयन पावर पार्टनर नेपाल लिमिटेडको प्रतिकित्ता सेयर मूल्य भने आठ दशमलव ४९ प्रतिशतले घटेर चार सय ४३ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।
यसैगरी आज महालक्ष्मी विकास बैंकको प्र्रतिकित्ता छ सय ५२ रुपैयाँ अन्तिम मूल्यमा २९ करोड ८१ लाख ९१ हजार एक सय ६१ रुपैयाँ ६० पैसाको कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्ये सबैभन्दा बढी हो ।