काँग्रेस निर्वाचन समितिका संयोजक यादवको राजीनामा स्वीकृत

काठमाण्डु टुडे २०७८ मंसिर १२ गते १२:५६ मा प्रकाशित

काठमाण्डु, १२ मंसिर– नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले दिएको राजीनामा स्वीकृत भएको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले आइतबार यादवको राजीनामा स्वीकृत गरेका हुन् ।

डडेल्धुराको अधिवेशनका सन्दर्भमा दबाब आएपछि यादवले राजीनामा दिएका थिए । डडेल्धुरामा निवर्तमान जिल्ला सभापति कर्ण मल्ल समूहको बहिष्कारका बीच जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us