रावल सहमतिमा आए वरिष्ठ उपाध्यक्ष दिने ओलीको प्रस्ताव

काठमाण्डु टुडे २०७८ मंसिर ११ गते १३:४६ मा प्रकाशित

काठमाण्डु, ११ मंसिर– नेकपा एमाले अध्यक्ष केपी ओलीले नेता भीम रावल सहमतिमा आए वरिष्ठ उपाध्यक्ष दिने प्रस्ताव गरेका छन् । रावलले उपाध्यक्ष पद नछाडेपछि ओलीले उनीसँग छलफल गरेका थिए ।

ओलीले आफू बसेको होटल सफारी पार्कमा नेताहरुसँगको भेटलाई तिब्रता दिएका छन् । दशौं महाधिवेशनमा रावलले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us