प्रचण्डले भने– माओवादीलाई ओलीले घेराबन्दी गर्दैछन्

काठमाण्डु टुडे २०७८ मंसिर ११ गते १३:३६ मा प्रकाशित

काठमाण्डु, ११ मंसिर–  माओवादी केन्द्रको सात सय ५३ पालिका सम्मेलन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका छन् ।

दाहालले सम्मेलनलाई भर्चुअल सम्बोधन गर्दै माओवादी केन्द्रलाई क्रान्तिकारी स्पिरिटमा पुनः उठाउने बताए ।प्रतिनिधिसभालाई दुई दुईपटक विघटन गरेर संविधान नै खारेज गर्ने षड्यन्त्रमा ओली फसेको प्रचण्डले दाबी गरे ।

उनले ओली देशी विदेशी षड्यन्त्रमा फसेको र प्रतिगमनमा लागेको बताए ।माओवादी आन्दोलनलाई घेराबन्दीमा पार्न ओली प्रवृत्ति अघि बढेकोमा त्यसलाई पराजित गर् तत्काल आफूहरू विजयी भए पनि त्यो प्रवृत्ति दोहोरिन नदिन एकजुट हुन पर्ने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us