एमालेको दसौं महाधिवेशनको बन्द सत्र सुरू

काठमाण्डु टुडे २०७८ मंसिर ११ गते १३:२६ मा प्रकाशित

काठमाण्डु, ११ मंसिर–  नेकपा एमालेको दसौं महाधिवेशनको बन्द सत्र सुरू भएको छ।

बिहान ८ बजेदेखि बन्द सत्र सुरू गर्ने कार्यतालिका भए पनि गएराति अबेरसम्म एमालेको केन्द्रीय समिति बैठक बसेका कारण सत्र ढिलो गरी सुरू भएको हो।

प्रतिनिधिहरू बन्द सत्रको लागि लाइन लागेर बसेका छन्।एमाले अध्यक्ष केपी शर्मा ओली सौराहास्थित बन्द सत्र हुने हलमा पुगेका छन्। बन्द सत्रमा विभिन्न मुलुकबाट आएका दलका प्रतिनिधिले सम्बोधन गर्नेछन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us