अरू नेता महाधिवेशनको दौडधुपमा, भीम आचार्य भने आइसोलेसनमा

काठमाण्डु टुडे २०७८ मंसिर ११ गते १३:२० मा प्रकाशित

काठमाण्डु, ११ मंसिर– सहकर्मी नेताहरू पार्टीको दसौं महाधिवेशनको दौरानमा नेतृत्व दाबी गर्दै दौडधुप गरिरहेका बेला नेकपा एमालेका सचिव भीम आचार्य कोरोना संक्रमित बनेर आइसोलेसनमा रहन बाध्य भएका छन्।

कोरोना संक्रमण भएपछि शुक्रबारको महाधिवेशन उद्घाटन कार्यक्रममा सहभागी हुन नपाएका प्रदेश १ का पूर्व मुख्यमन्त्री आचार्य अहिले सौराहाको होटल सेभेन स्टारमै आइसोलेसनमा छन्।

नवौं महाधिवेशनमा सचिव पदमा निर्वाचित आचार्य यसपटक पनि पार्टीको पदाधिकारीमा दाबी गरिरहेका छन्। तर, नेतृत्वका लागि छलफल र दौडधुपमा लाग्नुपर्ने बेलामा आइसोलेसनमा रहँदा उनी फोनबाटै छलफल गर्न बाध्य भएका छन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us