सुरू भएन अझै एमालेको बन्दसत्रः कार्यकर्ताहरू नेताहरूसँग फोटो सेसनमा, ओली भेटघाटमा व्यस्त

काठमाण्डु टुडे २०७८ मंसिर ११ गते १२:२६ मा प्रकाशित

काठमाण्डु, ११ मंसिर–  नेकपा (एमाले)को दसौं राष्ट्रिय महाधिवेशनको बन्दसत्र बिहान ८ बजेबाट सुरू हुने भनिए पनि अझै सुरू भएको छैन।

बन्दसत्र स्थल होटल सेभेन स्टारको अगाडि प्रतिनिधि तथा कार्यकर्ताको भीड लागेको छ। प्रतिनिधिहरू परिचय पत्र लिँदैछन् भने कार्यकर्ताहरू नेताहरूसँग फोटो सेसनमा व्यस्त छन्।

पार्टी अध्यक्ष केपी शर्मा ओली भने पार्क सफारी रिसोर्टबाट निस्किएका छैनन्। उनी आफू बसेको कोठामै नेताहरूसँग भेटघाटमा व्यस्त छन्। शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले पदाधिकारी र केन्द्रीय सदस्यको संख्या थप्ने निर्णय गरे पनि सहमतिमा नयाँ समिति बनाउन सकिन्छ कि भनेर ओली नेताहरूसँग भेटघाट गरिरहेका छन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us