चितवन, १० मंसिर– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमा दशौं हजार पूर्व लडाकु प्रवेश गराउने चेतावनी दिएका छन् ।
शुक्रबार चितवनस्थित नारायणी किनारमा एमालेको दशौं महाधिवेशन उद्घाटन सत्रमा सम्बोधन गर्दै उनले पूर्व लडाकुहरुलाई आफ्नो पार्टीमा प्रवेश गराउने बताएका हुन् ।
उनले भने, ‘अहिले पनि किन शान्ति प्रक्रिया टुंगो लगाउनु हुन्नरु घाइतको उपचार र समस्यामा परेकालाई किन उपचार गर्नुहुन्नरु घरबार बिहीन भएकालाई रोजगार किन दिनुहुन्नरु,’ ओलीले भने, ‘हामी सरकारमा भएपछि पूर्व लडाकुको व्यवस्थापन गर्ने गर्छौ। अब एमालेमा दशौं हजार पूर्वलडाकु प्रवेश गराउँछौ। एमाले तपाईंको पार्टी हो।’
आफू शान्ति प्रक्रिया टुंगो लगाउनु पर्छ भन्ने मान्यतामा रहेको ओलीको भनाइ थियो।