दुईसयले बढ्यो सुनको मुल्य

काठमाण्डु टुडे २०७८ मंसिर १० गते ११:०३ मा प्रकाशित

काठमाण्डु, १० मंसिर– नेपाली बजारमा आज (बुधबार) सुन २ सय रूपैयाँले बढेको छ । छापावाल सुन आज प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि २ सय रुपैयाँले नै बढेको छ । तेजाबी सुन आज ९१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य ५ रूपैयाँले घटेको छ । आज चाँदी १ हजार २ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us