लुकाई राखेको अवस्थामा २ थान पेस्तोल र ७ राउन्ड गोली बरामद

काठमाण्डु टुडे २०७८ मंसिर ९ गते १७:३५ मा प्रकाशित

कैलाली, ९ मंसिर–  कैलालीमा प्रहरीले २ थान पेस्तोल र ७ राउन्ड गोली बरामद गरेको छ । टिकापुर नगरपालिका-१ स्थित सिद्धार्थ होटलको ३०१ नम्बरको कोठाबाट २ थान पेस्तोल र सोही पेस्तोलमा लाग्ने ७ राउन्ड गोली बुधबार दिउँसो प्रहरीले बरामद गरेको हो ।

होटलमा अवैध हतियार राखेको हुन सक्ने भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उक्त होटलको कोठा खानतलासी गर्ने क्रममा बाथरुमभित्र शौचालयको कमडको पछाडी खाली भागभित्र लुकाई राखेको अवस्थामा उक्त हतियार फेला पारी बरामद गरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us