एमालेले देश लुटेको पैसाले नारायणीमा भोज गर्दैछः रन्जित तामाङ

काठमाण्डु टुडे २०७८ मंसिर ९ गते १६:५४ मा प्रकाशित

इलाम, ९ मंसिर अखिल (क्रान्तिकारी) का निवर्तमान निवर्तमान अध्यक्ष रन्जित तामाङले देश लुटेको पैसाले एमालेले चितवनमा भोज गरिरहेको आरोप लगाएका छन ।

बिहीबार माइनगरपालीका इलामको नगर सम्मेलनलाई बिहिबार सम्बोधन गर्दै तामाङले चितवनमा पार्टी अधिवेशन गरिरहेको नेकपा एमाले माथी यस्तो आरोप लगाएका हुन ।
साँढे तिन बर्ष जनताको मतको अपमान गर्दै पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मजाक र ठट्टा गरेर बिताएको भन्दै तामाङले ओली नेतृत्वको सरकारको भ्रस्टाचार छानबिन हुनुपर्ने माग गरेका छन् ।

तामाङले भने , ‘केपी ओली सरकारले इतिहासमा पहिले कहिल्यै नभएको भ्रस्टाचार गरेको छ र त्यहि देश लुटेको पैसाले नारायणी किनारमा पिकनिकु आयोजना गरेर धुलो उडाइरहेको छ । हामी ओली सरकारका पालामा भएको अभुतपुर्व भ्रस्टचारमाथी छानबिनको माग गर्दछौं ।’

आफ्नो अधिकांश समय ओली र एमालेको आलोचनामा खर्चेका तामाङले ओलीमाथी गणतन्त्रको संघर्षमा भागेको र गणतन्त्र आइसकेपछि पनि संघियता र गणतन्त्र बिरुद्ध चलखेलको असफल प्रयास गरिरहेको आरोप समेत लगाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us