केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिन्छुः कोमल वली

काठमाण्डु टुडे २०७८ मंसिर ९ गते १६:५६ मा प्रकाशित

काठमाण्डु, ९ मंसिर– चर्चित गायिका तथा राष्ट्रियसभा सदस्य कोमल वलीले नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

शुक्रबारबाट चितवनमा हुन लागेको नेकपा एमालेको १० औं महाधिवेशन उनी केन्द्रीय सदस्यमा भिड्न लागेकी हुन् ।दाङ क्षेत्र नम्बर ३ बाट केन्द्रीय प्रतिनिधि चयन भएकी वली महाधिवेशनका लागि अहिले चितवन पुगेकी छन् । वलीले भनिन् – ‘म महाधिवेशनमा केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिन्छु।’

‘सबै नेताहरुको मनोविज्ञान केपी ओलीको नेतृत्वमा पार्टी अगाडि बढ्छ भन्ने छ । मेरो पनि त्यही धारणा हो,’ उनले भनिन्– ‘सबैलाई उहाँकै नेतृत्व सर्वस्वीकार्य पनि हुन्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us