सुपर लघुवित्तमा ४० करोड अनियमितता भएको भन्दै राष्ट्र बैंकले थाल्यो अनुसन्धान

काठमाण्डु टुडे २०७८ मंसिर ९ गते १३:४७ मा प्रकाशित

काठमाण्डु, ९ मंसिर–  सुपर लघुवित्त वित्तीय संस्थामा ठूलो आर्थिक हिनामिना भएको भन्दै नेपाल राष्ट्र बैंकले अनुसन्धान शुरु गरेको छ ।

संस्थाका अध्यक्ष किरण चौधरीको प्रत्यक्ष संलग्नतामा ४० करोड रुपैयाँभन्दा बढी हिनामिना भएको उजुरी परेपछि केन्द्रीय बैंकको सुपरीवेक्षण विभागले अनुसन्धान शुरु गरेको छ । निकै ठूलो अनियमितता भएको प्रारम्भिक सूचना पछि केही दिन अघि राष्ट्र बैंकको टोली निरीक्षणका लागि यस संस्थामा पुगेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us