टी-ट्वान्टी एसिया कपमा नेपालको दोस्रो जित

काठमाण्डु टुडे २०७८ मंसिर ९ गते १३:१७ मा प्रकाशित

काठमाण्डु, ९ मंसिर–  आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया नेपालले दोस्रो जित निकालेको छ ।

दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा बिहीबार कुवेतलाई ९ विकेटले पराजित गर्दै नेपालले दोस्रो जित निकालेको हो । कुवेतले दिएको २८ रनको लक्ष्य नेपालले ३ दशमलब ३ ओभरमा केवतले एक विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालको जितमा इन्दु बर्माले १३ कप्तान रुविना क्षेत्रीले १२ रन जोडिन् । कुवेतका लागि एकमात्र विकेट मारिया जस्वीले हात पारिन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us