तालिबान र अमेरिकाबीच कतारमा पुनः वार्ता हुँदै

काठमाण्डु टुडे २०७८ मंसिर ८ गते १७:१० मा प्रकाशित

काठमाण्डु, ८ मंसिर–  अमेरिका र तालिबानले पुन: वार्ता गर्ने भएका छन् । दुबै पक्षबीच आगामी हप्ता कतारमा पुन: वार्ता हुन लागेको हो ।

अमेरिकी विदेशमन्त्रालयका प्रवक्ता नेड प्राइसले मंगलबार दुबै पक्षबीच बैठक बस्न लागेको र बैठकमा आ-आफ्ना ‘राष्ट्रिय चासो’बारे छलफल हुने जानकारी गराएका हुन् ।

अमेरिका र तालिबानबीच दुई हप्तासम्म चल्ने वार्तामा इस्लामिक स्टेट (आईएस-के) तथा अलकायदाविरुद्धको लडाइँ, अफगानिस्तानको मानवीय संकट, संकटग्रस्त अर्थतन्त्रबारे छलफल हुने टीआरटी वर्ल्डले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us