ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाण्डु टुडे २०७८ मंसिर ८ गते १६:३२ मा प्रकाशित

काठमाण्डु, ८ मंसिर– पाँचथरको याङवरक गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत चिवाभञ्ज्याङबाट च्याङथापूतर्फ आउँदै गरेको प्र १–०१–००१ त ९५६२ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल झरेको थियो ।

उक्त दुर्घटनामा ट्याक्टर चालक याङवरक गाउँपालिका– २ का ३३ वर्षीय नवराज बेघाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us