दिन प्रतिदिन ओरालो लाग्दै सुनको मुल्य

काठमाण्डु टुडे २०७८ मंसिर ८ गते १३:११ मा प्रकाशित

काठमाण्डु, ८ मंसिर– साताको चौथो दिन पनि नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन हिजोको तुलनामा आज पाँच सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको हो ।

छापावाल सुन प्रति १० ग्राम ७८ हजार ७०५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७८ हजार २७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

चाँदीको मूल्य प्रतितोला एक हजार २२५ रुपैयाँ कायम भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us