सेयर बजारमा ३२ अंकको गिरावट

काठमाण्डु टुडे २०७८ मंसिर ७ गते १५:५३ मा प्रकाशित

काठमाण्डु, ७ मंसिर–  आज (मंगलबार) सेयर बजार ओरालो लागेको छ । बजार खुलेको सुरुदेखि नै घटेको बजारमा अन्तिमसम्म ३२ अंकको गिरावट आएको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ३२.२९ अंकले घटेर २७३३.१४ बिन्दुमा पुगेको छ । आज नेप्से १.१७ प्रतिशतले घटेको हो ।

त्यसैगरी, ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ परिसूचक पनि ३.९८ अंकले बढेर ५१५.४८ बिन्दुमा पुगेको छ ।

आज कुल २२७ कम्पनीको ७४ लाख ४८ हजार ३६६ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब १६ करोड ५८ लाख ९६ हजार ५७८ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us