ओरालो लाग्यो सुनको मूल्य

काठमाण्डु टुडे २०७८ मंसिर ७ गते ११:४७ मा प्रकाशित

काठमाण्डु, ७ मंसिर– नेपाली बजारमा आज (मंगलबार) सुन १६ सय रूपैयाँले घटेको छ । छापावाल सुन आज प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुन ९३ हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि १६ सय रुपैयाँले नै घटेको छ । तेजाबी सुन आज ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य १५ रूपैयाँले घटेको छ । आज चाँदी १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us