सेफोडोक्साइम प्रोसेटिल औषधि गुणस्तरहीन, औषधि विक्री वितरणमा लगायो रोक

काठमाण्डु टुडे २०७८ मंसिर ६ गते १६:०१ मा प्रकाशित

काठमाण्डु, ६ मंसिर–  औषधि व्यवस्था विभागले गुणस्तरहीन औषधिलाई बजारबाट फिर्ता गरेको छ । विभागले केमिड्रग ईण्डष्ट्रिज प्रालिको औषधि गुणस्तरहीन भएको भन्दै औषधि विक्री वितरणमा रोक लगाएको हो ।

बजार अनुगमनका क्रममा संकलन गरेको नमुना परीक्षणमा सेपोब्याक्ट ड्राई सिरप (सेफोडोक्साइम प्रोसेटिल) नामको औषधि न्यून गुणस्तरको फेला परेको औषधि व्यवस्था विभागले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us