सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाण्डु टुडे २०७८ मंसिर ६ गते ११:२४ मा प्रकाशित

काठमाण्डु, ६ मंसिर– नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।आइतबार प्रतितोला छापावाला सुनको मूल्य ९३ हजार ७ सय रहेको थियो । आज प्रतितोला सुनको मूल्य २ सयले वृद्धि भइ ९३ हजार ९ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजावी सुनको मूल्य ९३ हजार ४ सय रहेको छ । महासंघका अनुसार आइतबारको तुलनामा सोमबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले वृद्धि भएको छ । आइतबार प्रतितोला चाँदीको मूल्य १२ सय ६० रहेको थियो । भने आज मूल्य वृद्धि भइ १२ सय ७० कायम भइ कारोबार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us