
काठमाण्डु, २ मंसिर– नेपाली बजारमा आज (बिहीबार) सुन २ सय रूपैयाँले बढेकाे छ । छापावाल सुन आज प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन सुन ९४ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि २ सय रुपैयाँले बढेको छ । तेजाबी सुन आज ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी १ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।