२६ अंकले बढ्यो नेप्से

काठमाण्डु टुडे २०७८ कार्तिक २९ गते १६:२४ मा प्रकाशित

काठमाण्डु, २९ कात्तिक–  नेप्सेका करेक्सन देखिएको छ । अघिल्लो दिन झिनो अंकले घटेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार भने २६ दशमलव ४४ अंकले बढेर २७ सय १५ दशमलव ३५ अंकमा पुगेको छ ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव १० अंकले बढेर पाँच सय छ दशमलव ५४ अंकमा पुगेको छ । दुई सय २८ वटा कम्पनीहरुको ५९ हजार तीन सय १६ पटकको कारोबारमा ८६ लाख ३६ हजार छ सय ३६ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम चार अर्ब ७३ करोड ४६ लाख ५१ हजार चार सय ४३ रुपैयाँ ८४ पैसा पुगेको छ ।

१३ वटा समुहको कारोबार भएकोमा सबै समूहहरुको सूचक बढेर नेप्से पुरै हरियो भएको छ । सोमध्ये वाणिज्य बैंक समूहको सूचक शून्य दशमलव ९६ अंकले बढेर १८ सय ११ दशमलव ६९ अंकमा चढेकोमा जलविद्युत समूहको सूचक पनि ५० दशमलव पाँच अंकले बढेर तीन हजार ४७ दशमलव ८८ अंकमा चढेको छ ।

यसैगरी जीवन बिमा समूहको सूचक पनि एक सय १३ दशमलव २४ अंकले बढेर १५ हजार एक सय ५९ दशमलव २६ अंकमा चढेकोमा निर्जीवन बिमा समूहको सूचक पनि दुई सय १२ दशमलव ४० अंकले बढेर १२ हजार चार सय ३७ दशमलव ५६ अंकमा चढेको छ ।

यीबााहेक विकास बैंक, फाइनान्स, होटेल तथा पयर्टन, लगानी, उत्पादनमुलक, लघुबित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समूहहरुको सूचक पनि उच्चले बढेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us