३ सयले घट्यो सुनको मुल्य

काठमाण्डु टुडे २०७८ कार्तिक २९ गते ११:३९ मा प्रकाशित

काठमाण्डु, २९ कात्तिक– नेपाली बजारमा आज (सोमबार) सुन ३ सय रूपैयाँले घटेको छ । छापावाल सुन आज प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन सुन ९४ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै, महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि ३ सय रुपैयाँले घटेको छ । तेजावी सुन आज ९३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजावी सुन ९४ हजार १ सयमा कारोबार भएको थियो ।

यता चाँदीको मूल्य पनि आज १५ रुपैयाँले नै घटेको छ । आज चाँदी १ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us