निरन्तर उकालो लाग्यो सुनको मूल्य

काठमाण्डु टुडे २०७८ कार्तिक २८ गते १२:१७ मा प्रकाशित

काठमाण्डु, २८ कात्तिक– साताको पहिलो दिन आइतबार पनि सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार कात्तिक २३ गते प्रतितोला ९२ हजार ३०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य त्यसयता निरन्तर बढेको हो ।

कात्तिक २४ गते ४००, २५ गते १३ सय र २६ गते ४०० ले बढेको सुनको मूल्य आज २०० ले बढेको महासंघले जानकारी दिएको छ । यससँगै आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ६०० रुपैयाँ छ ।

यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजा र१०० रुपैयाँ रहेको महासंघले जानकारी दिएको छ ।
चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढ्दै १२ स ९५ रुपैयाँ पुगेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us