काठमाण्डु, २६ कात्तिक– नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुन तोलामा ४०० रुपैयाँले बढ्दै ९४ हजार ४०० रुपैयाँ पुगेको हो ।
गत बिहीबार तोलामा एक हजार ३०० रुपैयाँ बढेर ९४ हजार रुपैयाँ पुगेको सुनको मूल्य शुक्रबार थप ४०० रुपैयाँ वृद्धि भएको छ ।
यस्तै, तेजाबी सुनको मूल्य समेत शुक्रबार ४०० रुपैयाँले नै बढ्दै ९३ हजार ९०० रुपैयाँ पुगेको महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने गत बिहीबारको तुलनामा थप १५ रुपैयाँले वृद्धि हुँदै एक हजार २८५ रुपैयाँ पुगेको छ ।