सिन्धुलीमा ईश्वर पोखरेललाई प्रमुख अतिथि बनाउदा विवाद, प्रशासनले ग¥यो निषेधाज्ञा जारी

काठमाण्डु टुडे २०७८ कार्तिक २४ गते १४:०९ मा प्रकाशित

काठमाण्डु, २४ कात्तिक– सिन्धुली सदरमुकाममा आयोजित एक कार्यक्रममा एमाले महासचिव ईश्वर पोखरेललाई प्रमुख अतिथि बनाएको विषयमा विवाद हुँदा प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

एमाले कार्यकर्ता र सत्तारुढ गठबन्धनका कार्यकर्ताबीच झडप हुने स्थिति देखिएपछि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रहरी प्रमुख गोविन्द थपलियाले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us