सिन्धुपाल्चोक, २३ कात्तिक– अर्थमन्त्री जनार्दन शर्माले तोकिएको भन्दा दोब्बर राजस्व संकलन गर्ने लक्ष्य लिएको बताएका छन् ।
सोमबार चीनसँगको तातोपानी सीमा नाका र भन्सार कार्यालयको निरीक्षणपछि आयोजना गरिएको कार्याक्रममा बोल्दै उनले भने, ‘तोकिएको लक्ष्यभन्दा दुई सय गुणा बढी राजस्व उठाउने लक्ष्य लिएको छु’ उनले भने, ‘बाहिर तोकिएकोले मात्र पुग्दैन । राजस्व बढाउन कडाइसमेत गरिएको छ ।’
यद्यपि पछिल्लो समय बेमौसमी वर्षाका कारण अबौंको क्षति भएकाले राजस्व संकलन तथा आर्थिक वृद्धिमा चुनौती थपिएको उनको भनाइ छ । राजस्व संकलनसमेत लक्ष्यअनुरुप हुने विश्वास उनको छ । मन्त्री शर्माले विभिन्न चुनौतीकाबीच राजस्व संकलन दोब्बर बनाउने लक्ष्य रहेको बताए ।