१९ अंकको घट्यो नेप्से

काठमाण्डु टुडे २०७८ कार्तिक २२ गते १६:१२ मा प्रकाशित

काठमाण्डु, २२ कात्तिक–  नेप्से घटेको छ । तिहारको लामो बिदापछि आज सोमबार खुुलेको नेप्से १९ दशमलव दुई अंकले घटेर २८ सय २९ दशमलव ६४ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ७१ अंकले घटेर पाँच सय २८ दशमलव ७१ अंकमा पुगेको छ ।

नेप्सेमा आज दुई सय ३० वटा कम्पनीहरुको ४९ हजार पाँच सय ३० पटकको कारोबारमा ७२ लाख सात हजार तीन सय ९६ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम चार अर्ब ४२ करोड सात लाख १९ हजार एक सय तीन रुपैयाँ पुगेको छ ।

१३ वटा समूहको कारोबार भएकोमा आज तीनवटा समूहको सूचक बढेर बाँकी १० वटा समूहको सूचक उच्च अंकले घटेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक १९ दशमलव ९६ अंकले घटेर १८ सय ८३ दशमलव १८ अंकमा पुगेको छ भने निर्जीवन बिमा समूहको सूचक पनि एक सय ३७ दशमलव ३७ अंकले घटेर १२ हजार नौ सय ५५ दशमलव पाँच अंकमा पुगेको छ ।

जीवन बिमा समूहको सूचक पनि एक सय दशमलव चार अंकले घटेर १५ हजार आठ सय १० दशमलव ४१ अंकमा पुगेकोमा विकास बैंक, जलविद्युत, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमुलक, अन्य र लघुवित्त समूहको सूचक पनि घटेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us