काठमाण्डु, २२ कात्तिक– नेपाल राष्ट्र बैंकले छ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ दिन अवधिको १० करोड रुपैयाँ र १८२ दिन अवधिको ६अर्ब रुपैयाँ गरी कुल ६ अर्ब १० करोडको ट्रेजरी बिल आज बोलकबोल गर्न लागेको हो ।
राष्ट्र बैंकका अनुसार ९१ दिने ट्रेजरी आगामी माघ २५ गते परिपक्व हुनेछ भने १८३ दिने ट्रेजरी २०७९ वैशाख २७ मा परिपक्व हुनेछ । यसअघि यही कात्तिक १५ मा बैंकले एक अर्ब ६६ करोड रुपैयाँको ट्रेजरी बिक्री गरेको थियो ।
ऋणपत्रको बोलकबोल अनलाइनमार्फत आज दिउँसो २ बजे खुला हुने राष्ट्र बैंकले जनाएको छ । बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैह्रबैंक तथा वित्तीय संस्थालगायतमध्ये सर्वाधिक अंग कबोल गर्नेलाई राष्ट्र बैंकले भोली ट्रेजरी बिल जारी गर्नेछ ।