५ अंकले बढ्यो नेप्से

काठमाण्डु टुडे २०७८ कार्तिक १७ गते १५:४७ मा प्रकाशित

काठमाण्डु, १७ कात्तिक–  नेप्सेको उच्च वृद्धि कायम नै देखिएको छ । अघिल्लो दिन २३ दशमलव ७६ अंकले बढेको नेप्से साताको चौथो कारोबार दिन आज बुधबार भने पाँच दशमलव २२ अंकले बढेर २८ सय ४८ दशमलव ८४ अंकमा पुगेको छ ।

सेन्सिटिभ इन्डेक्स भने आज शून्य दशमलव ५२ अंकले घटेर पाँच सय ३० दशमलव ८९ अंकमा झरेको छ । नेप्सेमा आज दुुई सय २९ वटा कम्पनीहरुको ६१ हजार सात सय ४५ पटकको कारोबारमा ९९ लाख ९५ हजार पाँच सय २२ कित्ता सेयर खरिद बिक्री भएका छन् ।

सोही आधारमा आज कुल कारोबार रकम छ अर्ब ५५ करोड ३० लाख ५९ हजार एक सय ५२ रुपैयाँ पुगेको छ । १३ वटा समूहको कारोबार भएकोमा आज आठवटा समूहको सूचक बढेर पाँचवटा समूहको सूचक घटेका छन् ।

तीमध्ये वाणिज्य बैंक समूहको सूचक सात दशमलव आठ अंकले बढेर १९ सय दुई दशमलव ६१ अंकमा चढेकोमा जलविद्युत समूहको सूचक पनि २२ दशमलव ७९ अंकले बढेर ३१ सय ८५ दशमलव ७३ अंकमा चढेको छ ।

फाइनान्स समूहको सूचक पनि १० दशमलव ५७ अंकले बढेर २७ सय एक दशमलव ८१ अंकमा चढेकोमा विकास बैंक, उत्पादनमुलक, अन्य, लघुवित्त र सामूहिक लगानी कोष समूहहरुको सूचक पनि बढेका छन् ।

निर्जीवन बिमा समूहको सूचक भने आज एक सय १३ दशमलव ४४ अंकले घटेर १३ हजार ९२ दशमलव ४२ अंकमा झरेकोमा जीवन बिमा, ट्रेडिङ, होटेल तथा पर्यटन र लगानी समूहहरुको सूचक पनि घटेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us