आईसीसी टी २० विश्वकपमा आज भारत र अफगानिस्तान भिड्दै

काठमाण्डु टुडे २०७८ कार्तिक १७ गते १३:५६ मा प्रकाशित

काठमाण्डु, १७ कात्तिक–  आईसीसी टी २० विश्वकप अन्तर्गत आज भारत र अफगानिस्तान भिड्दै छन् ।

ओमान र यूएईमा जारी टी–२० विश्वकपको सुपर १२ को खेलमा आज भारत र अफगानिस्तानबीच खेल हुँदैछ ।

नेपाली समयअनुसार बेलुका पौने ८ बजे यूएईका आबुधाबीमा यी दुई टोलीबीच प्रतिस्पर्धा हुनेछ। सुपर १२ को ग्रुप २ मा रहेका दुवै टोलीको लागि आजको खेल निकै महत्वपूर्ण छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us